News Griha :: न्यूजगृह
एकैपटक ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको सरूवा

काठमाडौं— नेपाल प्रहरीका ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरूवा गर्ने भएकाले विभिन्न कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारलाई अन्यत्र सरूवा गरिएको जनाएको छ । 

सरूवा भएका प्रहरी सहायक हवलदारहरूले माघ महिना देखिको तलब भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सरूवा कार्यान्वयन गर्न र गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।

कसलाई कहाँ सरूवा गरियो सूची हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०९:०३
Weather Update