News Griha :: न्यूजगृह
जयशङ्करले गरे पशुपतिमा पूजा र वृक्षरोपण 

काठमाडौं— दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । 

बिहीबार काठमाडौं आइपुगेकै दिन उच्चस्तरीय भेटवार्ता गरेका जयशङ्करले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपण समेत गरेका छन् ।

बिहीबार नै नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको छ । 

jayshankar-pashupati-2-1704426303.jpg

नेपालका मन्त्रीहरू तथा भारतका विदेशमन्त्री जयशङ्करको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन, नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन् । 

त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ ।  जयशंकर नेपाल भ्रमण सकेर शुक्रबार दिउँसो स्वदेश फर्किने छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०९:३०
Weather Update