News Griha :: न्यूजगृह
राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ, के हो आरोप?

काठमाडौं— राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए । प्रहरीले उनलाई बिहीबार नै पक्राउ गरेको थियो ।

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमार्फत उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले बताए ।भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो । सुरुमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेको एसएसपी खत्रीले बताए । 

‘लगानी गर्दा सुरुमा दुई जनाले गरेको तर पछि भट्ट एक्लैले लिएको भन्दै उजुरी परेपछि हामीले उहाँलाई पक्राउ गरेका हौं,’ उनले भने ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:५५
Weather Update