News Griha :: न्यूजगृह
बरहथवा घटना छानबिन गर्न ३ सदस्यीय समिति गठन, पीडित परिवारलाई १० लाख रुपैयाँ दिइने
बरहथवा घटना छानबिन गर्न ३ सदस्यीय समिति गठन, पीडित परिवारलाई १० लाख रुपैयाँ दिइने गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ ।शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
पदाधिकारीलाई हातपात गर्ने रेडक्रस सोसाइटीका कर्मचारी निलम्बित 
पदाधिकारीलाई हातपात गर्ने रेडक्रस सोसाइटीका कर्मचारी निलम्बित  कोषाध्यक्षमाथि हातपात गर्ने नेपाल रेडक्रस सोसाइटी गोरखाका प्रमुख सुवास घिमिरे निलम्बनमा परेका छन् । रेडक्रस सोसाइटीका कोषाध्यक्ष ज्ञानहरि अर्याललाई कार्यालयमै हातपात गरेपछि शाखा प्रमुख घिमिरेलाई निलम्बन गरिएको हो ।
माइतीघरबाट डा गोविन्द केसीसहित ९ जना पक्राउ 
माइतीघरबाट डा गोविन्द केसीसहित ९ जना पक्राउ  सोही कार्यक्रम अन्तर्गत शनिबार मध्याह्न केसीलगायतले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका थिए । 
सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने छैन । शुक्रबार प्रदर्शनका क्रममा मारिएका स्थानीय युवाको शव अहिलेसम्म आन्दोलनकारीकै नियन्त्रणमा छ । स्थानीय प्रशासनले स्थानीय राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्ने वातावरण बनाउन लागिपरेको छ ।
आज काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने
आज काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्न हुने जनाएको छ ।
बरहथवा घटना: जयशंकरको शव रातभर घटनास्थलमै, प्रहरीले हानेको थियो टाउकोमा गोली
बरहथवा घटना: जयशंकरको शव रातभर घटनास्थलमै, प्रहरीले हानेको थियो टाउकोमा गोली सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ । बरहथवा नगरपालिका– ६ का ३० वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । 
यस्तो रहनेछ शनिबारको मौसम
यस्तो रहनेछ शनिबारको मौसम हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 
ललितपुरको सीडीओमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल
ललितपुरको सीडीओमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल त्यस्तै, प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई खटाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थियो ।
अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ
अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ उनले पीडितले प्रयोग गर्ने मोबाइल नम्बरमा अपरिचित स्रोत भएको यूआरएल लिङ्क एसएमएसमार्फत पठाइ सोही लिङ्कमार्फत पीडितको बैंक खातामा अनधिकृत रुपमा पहुँच पुर्याइ खातामा भएको मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेको कसूरमा पक्राउ गरिएको हो । 
प्रहरीको गोली लागेर आन्दोलनकारीको मृत्युपछि सर्लाहीको बरहथवामा कर्फ्यु
प्रहरीको गोली लागेर आन्दोलनकारीको मृत्युपछि सर्लाहीको बरहथवामा कर्फ्यु सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।प्रहरीको गोली लागेर बरहथवा नगरपालिका- ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
सर्लाहीमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा मृत्यु भएकाको परिचय खुल्यो, ६ प्रहरीसहित ८ जना घाइते
सर्लाहीमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा मृत्यु भएकाको परिचय खुल्यो, ६ प्रहरीसहित ८ जना घाइते र्लाहीको बरहथवामा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको पहिचान खुलेको छ । मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह छन् । उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् ।
त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द गर्न प्रधानमन्त्रीको निर्देशन
त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्ति प्रक्रियाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोक राईलाई प्रधानमन्त्रीले आफ्नो कार्यकक्षमा बोलाएर उक्त विज्ञापन रद्द गर्दै  सच्याएर नयाँ सूचना जारी गर्न निर्देशन दिएका...
Weather Update