News Griha :: न्यूजगृह
प्रहरीको गोली लागेर शुक्रबार दिउँसो मृत्यु भएका जयशंकरको शव अझै उठेन, बरहथवामा दिनभर प्रदर्शन

काठमाडौं— सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ । बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

उनको शव शनिबार साँझसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।
उनका अनुसार शनिबार दिनभरी नै बरहथवामा प्रदर्शन भइरहेको छ। ‘अहिले सीडीओ कार्यालय मलङ्गवामा सर्वपक्षीय बैठक भइरहेको छ,’ उनले भने ।

मृतकका आफन्त र आन्दोलनरत स्थानीयले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रहरीलाई शव उठाउन नदिएका हुन् । 

गृह मन्त्रालयले पीडित परिवारलाई १० लाख दिने निर्णय गरिसकेको छ । त्यस्तै उक्त घटनाबारे छानबिन गर्नका लागि तीन सदस्यीय समिति पनि बनाइएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:४५
Weather Update