News Griha :: न्यूजगृह
प्रहरीको गोली लागेर आन्दोलनकारीको मृत्युपछि सर्लाहीको बरहथवामा कर्फ्यु

काठमाडौं— सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रहरीको गोली लागेर बरहथवा नगरपालिका- ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यु लगाएको बताएका छन् । उनका अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न पाउने छैनन् ।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाहीसमेत गर्न सक्ने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:३७
Weather Update