News Griha :: न्यूजगृह
सर्लाहीको बरहथवामा झडप, प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीको मृत्यु

काठमाडौं— सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना  प्रदर्शनकारीको मृत्यु भएको छ ।

बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एकजना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुलेको छैन ।

प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् । तर प्रहरीले यसको पुष्टि भने गरिसकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:४०
Weather Update