पदाधिकारीलाई हातपात गर्ने रेडक्रस सोसाइटीका कर्मचारी निलम्बित

गोरखा—कोषाध्यक्षमाथि हातपात गर्ने नेपाल रेडक्रस सोसाइटी गोरखाका प्रमुख सुवास घिमिरे निलम्बनमा परेका छन् ।
रेडक्रस सोसाइटीका कोषाध्यक्ष ज्ञानहरि अर्याललाई कार्यालयमै हातपात गरेपछि शाखा प्रमुख घिमिरेलाई निलम्बन गरिएको हो ।
सभापति यदु विलास भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको बैठकले घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
घिमिरेले गत सोमबार कार्यालयमा सभापतिसहित अन्य पदाधिकारी कै अगाडि आफूले भने बमोजिम चेक नकाटेको भन्दै कोषाध्यक्ष अर्यालमाथि हातपात गरेको प्रत्यक्षदर्शीको भनाई छ ।
केही महिना अघि रेडक्रसको एम्बुलेन्स प्रक्रिया नै पूरा नगरी आफूखुशी कवाडीमा बिक्री गरेको र रेडक्रसका कार्यक्रमहरू पनि उनले अपारदर्शी ढंगले आफू अनुकुल सञ्चालन गरेको आरोप घिमिरेमाथि लागेको छ ।
प्रकाशित मिति: शनिबार, पुस २१, २०८० १७:२७













