बालकुमारी घटनापछि
ललितपुरको सीडीओमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल

काठमाडौं— गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ ।
त्यस्तै, प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई खटाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थियो ।
मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० २०:४०













