यी तीन प्रदेशमा हिमपात, तराईमा हुस्सुमंगलबार, पुस २४, २०८०

नेपालमा पहिलो पटक कोरोनाको जेएन.१ भेरियन्ट संक्रमण पुष्टि सोमबार, पुस २३, २०८० पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड-१९ को सब-भेरियन्ट जेएन.१ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ, १२ करोड हिनामिना गरेको आरोप सोमबार, पुस २३, २०८० उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

काठमाडौंबाट ४७ किलो चाँदी बरामद, ३ पक्राउ सोमबार, पुस २३, २०८० उनका अनुसार, उपत्यकाको भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छली गरी बिल विनाका चाँदीका गरगहनाहरू राखेर बिक्री गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न ठाउँमा छापा हानेको थियो ।

भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण, नाकामा कोरोना परीक्षण अनिवार्य सोमबार, पुस २३, २०८० हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको कैलालीस्थित गौरिफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । ‘भारतबाट आउनेहरूमा कोरोना सङ्क्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।’

तीन क्विन्टल गाँजासहित दुई जना पक्राउ सोमबार, पुस २३, २०८० सुनसरी प्रहरीले तीन क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशी गाउँपालिका ५ का मोहम्मद सागर मियाँ छन् ।

पाकिस्तानको खैवर पख्तुनख्वामा शक्तिशाली बम विस्फोट : ५ प्रहरीको मृत्यु, २७ घाइते सोमबार, पुस २३, २०८० पाकिस्तानको खैवर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ । प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी गरिएको हमला गरिएको विष्फोटमा परि २७ जना घाइते छन् ।

चितवनमा बोराभित्र भेटिएका दुवै शवको सनाखत, हत्यारा पनि पक्राउ सोमबार, पुस २३, २०८० चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरूको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन...

प्रहरीमाथि हातपात गर्ने पक्राउ सोमबार, पुस २३, २०८० चन्द्रागिरी नगरपालिका–३ थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु सोमबार, पुस २३, २०८० गोङ्गबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । गएराति गोङ्गबु मित्रनगर १ नम्बर गेट नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिद्वन्द्वीलाई साढे २ लाख बढी मतले पराजित गर्दै शेख हसिना निर्वाचित, पाँचौं पटक प्रधानमन्त्री बन्ने पक्का सोमबार, पुस २३, २०८० बङ्गलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ । आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले २ सय ४ सिटमा जित निकालेको छ । यसपटक दुई सय ९९ सिटमा मतदान भएको थियो । योसँगै हसिनाले लगातार आठौं पटक चुनाव जितिन् । गोपालगन्ज–३ बाट उनले...

सर्लाही बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच सहमति सोमबार, पुस २३, २०८० सर्लाहीको बरहथवामा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

त्रिवि उपकुलपति नियुक्तिका लागि दोस्रो पटक आवेदन माग, छैन मापदण्ड सोमबार, पुस २३, २०८० कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउने छन् भन्ने विषयमा समितिले सूचनामा केही पनि खुलाएको छैन तर उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ ।









