काठमाडौंबाट ४७ किलो चाँदी बरामद, ३ पक्राउ

काठमाडौं— काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४७ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कामेश्वर साह, सुमनकुमार सराफ र मनिष सराफ रहेको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
उनका अनुसार, उपत्यकाको भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छली गरी बिल विनाका चाँदीका गरगहनाहरू राखेर बिक्री गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न ठाउँमा छापा हानेको थियो ।
त्यसक्रममा चाँदीका गहनासहित उनीहरु पक्राउ परेको रेग्मीले बताए ।
पक्राउ परेकाहरूलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० १८:३१













