टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाडौं— गोङ्गबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । गएराति गोङ्गबु मित्रनगर १ नम्बर गेट नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा.प्र.०३–००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका चिसापानी बस्ने गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० १२:२२













