News Griha :: न्यूजगृह
रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ, १२ करोड हिनामिना गरेको आरोप

काठमाडौं— सहकारीको १२ करोड  रकम हिनामिना गरी  फरार रहेका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत र संस्थाका सदस्य विनोदकुमार ओझा छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

उनीहरूले सहकारीका बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:५४
Weather Update