News Griha :: न्यूजगृह
प्रहरीमाथि हातपात गर्ने पक्राउ

काठमाडौं— चन्द्रागिरी नगरपालिका–३ थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका– ६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल राम छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा नागढुङ्गाबाट आउँदै गरेको बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेका थिए ।

सो क्रममा प्रहरीको हेन्ड सेट १ थान क्षति भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १२:३२
Weather Update