News Griha :: न्यूजगृह
भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण, नाकामा कोरोना परीक्षण अनिवार्य

काठमाडौं— भारतका विभिन्न शहरबाट फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरियन्ट जेएन वान देखिन थालेपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । 

हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको कैलालीस्थित गौरिफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । ‘भारतबाट आउनेहरूमा कोरोना सङ्क्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।’  

Prabhu Bank

कोरोना सङ्क्रमितलाई होम आइसोलेसनमा बस्न सुझाव दिइएको छ । गौरिफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् ।

कोरोनाको ‘भेरियन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौं पठाइएको प्रमुख साउदले बताए । ‘भेरियन्ट यकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौँ,’ उनले भने, ‘दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।’  

गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:०१
Weather Update