टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न अदालतको आदेशआइतबार, पुस २२, २०८०

केकभित्र गाँजा राखेर अनलाइनमार्फत बेच्ने एकजना पक्राउ आइतबार, पुस २२, २०८० प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट बिसन मानन्धरलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्याउने गरेका थिए ।

सर्लाहीको बरहथवामा फेरि कर्फ्यु आइतबार, पुस २२, २०८० गत शुक्रबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्युपछि शनिबार बिहान ८ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

जयशंकरको टाउकोमा गोली हान्ने वरिष्ठ हवल्दार जिल्ला तानिए, निलम्बनको तयारी आइतबार, पुस २२, २०८० सर्लाहीको बरहथवा घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय तानिएका छन् । हवल्दार यादव इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत थिए । शुक्रबार दिउँसो प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद भएर झडप हुँदा गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । उनको टाउकोमा गोली...

बरहथवा गोलीकाण्ड : सर्लाहीमा बजार र यातायात बन्द आइतबार, पुस २२, २०८० सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्त बजार र यातायात बन्द गराएका छन् । मृतक साहका आफन्त र स्थानीय सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन् । उनीहरू बिहानैदेखि प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद, श्रीलंकन नागरिक पक्राउ आइतबार, पुस २२, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति फ्लाइ दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो ।

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द आइतबार, पुस २२, २०८० विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभव सम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो । उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ ।

इजरायल–हमास युद्धमा २३ हजार मारिए आइतबार, पुस २२, २०८० आतङ्कवादी संगठन हमासले धेरै इजरायली नागरिकलाई बन्धक बनाएको छ । उनीहरूको रिहाईको लागि इजरायलमा मानिसहरूले विरोध प्रदर्शन गरेका छन् । बन्धकका आफन्तले बेन्जामिन नेतान्याहु सरकारलाई हटाउन माग गरेका छन् । यससँगै गाजामा जारी युद्ध अन्त्य गर्नुपर्ने उनीहरूको माग छ ।

प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकरको शव तीन दिनदेखि सडकमै, लाचार स्थानीय प्रशासन आइतबार, पुस २२, २०८० सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थल मै मृत्यु भएको थियो ।उनी प्रहरीको गोलीले जहाँ ढलेका थिए, झन्डै ४० घण्टासम्म पनि उनको शव सोही ठाउँ मै छ। सडकमा लडिरहेको...

जाजरकोट भूकम्प : रूपलालले मोबाइल बेचेर बुबाको शव निकाले आइतबार, पुस २२, २०८० शनिबार मात्रै भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै भेरी नगरपालिका– १ रावतगाउँका कर्णबहादुर विश्वकर्माको मृत्यु भएको छ । ओत लाग्ने घर भत्किएपछि पाँच जनाको परिवार लिएर विश्वकर्मा त्रिपालमुनि पुगेका थिए । दुई छाकको जोहो गर्नै धौधौ पर्ने परिवारका उनलाई एक्कासि भूकम्पले चिसो भुँइमा त्रिपालमुनि धकेलिदियो ।

कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात, तराईमा हुस्सु आइतबार, पुस २२, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ।

निर्वाचनको पूर्वसन्ध्यामा बङ्गलादेशमा हिंसात्मक घटनाहरू बढ्दै शनिबार, पुस २१, २०८० बङ्गलादेशमा आइतबार आम निर्वाचन हुँदैछ । यो निर्वाचनको अनुगमन गर्न एक सयभन्दा बढी विदेशी पर्यवेक्षक ढाका पुगेका छन् । अवामी लिगले बीएनपीमाथि हिंसा फैलाएको आरोप लगाएको छ । शुक्रबार पनि खुल्नामा एक विद्यालयमा आगजनी भएको थियो । यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । हालै एक यात्रु बसमा...

क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलियो शनिबार, पुस २१, २०८० कपिलवस्तुमा उपचारको नाममा झुक्काएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलिएको छ ।अबोध बालबालिकालाई झुक्क्याएर बाइबल पाठ गराएको र स्थानीय महिलालाई उपचारका नाममा झुक्क्याएको आरोप लगाउँदै कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा दुई जनालाई कालोमोसो दलिएको हो ।









