सर्लाहीको बरहथवामा फेरि कर्फ्यु

काठमाडौं— सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।
गत शुक्रबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।
त्यसपछि पनि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्युपछि शनिबार बिहान ८ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १३:५७













