News Griha :: न्यूजगृह
केकभित्र गाँजा राखेर अनलाइनमार्फत बेच्ने एकजना पक्राउ

काठमाडौं— केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट बिसन मानन्धरलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्‍याउने गरेका थिए । 

इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत उनले केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, ७ सय ५४ ग्राम गाँजा बरामद भएको जनाएको छ । 

मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:३३
Weather Update