मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, चालकसहित ३ जना घाइतेबुधबार, पुस १८, २०८०

मौसम विभागले भन्यो– कुहिरो र हिमपातका कारण तापक्रम घट्दै छ, सतर्कता अपनाउनू बुधबार, पुस १८, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

इजरायली आक्रमणबाट मारिए हमासका उपप्रमुख सालेह अलद अरौरी बुधबार, पुस १८, २०८० लेबनानको राष्ट्रिय समाचार एजेन्सीले हमासको कार्यालयमा ड्रोनले आक्रमण गरेको जनाएको छ । हमास अधिकारीहरू र लेबनानको सुन्नी इस्लामी जमाआ इस्लामिया समूह बीचको बैठकलाई लक्षित गरी चार प्यालेस्टाइनी र तीन लेबनानीहरू लाई मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रिहा भए रवि लामिछानेलाई खोया हान्ने सन्तोष रानाभाट मंगलबार, पुस १७, २०८० गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए । त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि भन्दै म्याद थपेको थियो ।

अमेरिकाबाट पार्सलमा आएको लागूऔषध लिन जाँदा... मंगलबार, पुस १७, २०८० अमेरिकाबाट पार्सल गरी आएको लागूऔषधसहित बारामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ टोल सिसवा वारी बस्ने वर्ष २२ को नैमोदिन मियाँ, छपकैया बस्ने वर्ष २७ को जितेन्द्र साह सोनार र वर्ष २२ को कृष्णा सराफ छन् ।

ईपीएस कोरियाका लागि आवेदन फाराम भर्ने म्याद २ दिन थप मंगलबार, पुस १७, २०८० कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप गरिएको छ । यसअघि आवेदन दिने समय पुस १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

बेरोजगार युवाहरूलाई विदेश पठाउने भन्दै १० करोड ठगी, ९९७ थान राहदानीसहित पक्राउ मंगलबार, पुस १७, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुरको कोन्ज्योसोम गाउँपालिका १ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै युवाहरूसँग ५ देखि १५ लाखसम्म लिएका थिए ।

रुसी सेनामा भर्ना भएका स्याङ्जाका एक युवकको मृत्यु, नेपाली सेनाको जागिर छोडेर गएका थिए युद्ध लड्न मंगलबार, पुस १७, २०८० रुस–युक्रेन युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ का हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए । ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो,’ उनले भने ।

बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित मंगलबार, पुस १७, २०८० कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् ।मेयर बालेन साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् ।

चरित्र हत्या गरेको भन्दै कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले गाली बेइज्जती मुद्दा मंगलबार, पुस १७, २०८० चरित्र हत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।

शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रुपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड मंगलबार, पुस १७, २०८० मंगलबार काठमाडौंमा आयोजित ‘कान्तिपुर एजुकेसन समिट’ (शैक्षिक बहस) मा प्रधानमन्त्री दाहालले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने र त्यसका लागि नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्नलाई पहल गर्ने बताए ।

विद्यार्थीले बन्द गरे घोराही-तुलसीपुर सडक, सम्झाउँदै प्रहरी मंगलबार, पुस १७, २०८० सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो । भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा सागरको घटनास्थलमा मृत्यु भएको थियो ।

ट्याङ्करले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु मंगलबार, पुस १७, २०८० रौतहटको चन्द्रपुर–५ स्थित पूर्वपश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्याङ्करले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको छ ।









