रुसी सेनामा भर्ना भएका स्याङ्जाका एक युवकको मृत्यु, नेपाली सेनाको जागिर छोडेर गएका थिए युद्ध लड्न

काठमाडौं— रुस–युक्रेन युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ का हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए । ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो,’ उनले भने ।
वडाध्यक्ष कुँवरका अनुसार अर्यालको २८ डिसेम्बर (१२ पुस)मा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८० १५:००













