रिहा भए रवि लामिछानेलाई खोया हान्ने सन्तोष रानाभाट

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् । मंगलबार उनलाई साधारण तारेखमा रिहा गरिएको हो ।
गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए । त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि भन्दै म्याद थपेको थियो ।
उनलाई १० दिन म्याद थप भएको थियो । कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
‘उहाँ तारेखमा छुट्नुभएको छ,’ उनले भने, ‘प्रहरीले गर्नुपर्ने अनुसन्धान गरेको छ ।’ उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो ।
यो पनि
रविले कारबाही नगर्नु भन्दाभन्दै पनि किन मुद्दा चलाइयो 'खोया' हान्ने रानाभाटलाई ?
रविलाई मकैको खोया प्रहार गर्ने रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति
रवि लामिछानेले खोया प्रहार गर्ने युवक र उनको परिवारलाई भेट्ने
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, २८ वर्षीय युवक पक्राउ
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८० २०:४९













