News Griha :: न्यूजगृह
अमेरिकाबाट पार्सलमा आएको लागूऔषध लिन जाँदा...

काठमाडौं— अमेरिकाबाट पार्सल गरी आएको लागूऔषधसहित बारामा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ टोल सिसवा वारी बस्ने वर्ष २२ को नैमोदिन मियाँ, छपकैया बस्ने वर्ष २७ को जितेन्द्र साह सोनार र वर्ष २२ को कृष्णा सराफ छन् ।

विदेशबाट लागूऔषध डेलिभरी हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई कलैया उपमहानगरपालिका–१ मोतिबागस्थित जिल्ला हुलाक कार्यालयबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट लागूऔषध सहितको कार्टुन समेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

उनीहरूको साथबाट ‘पपक्रम मिक्स ट्रिओ’ लेखिएको रातो रङ्गको टिनको डब्बा भित्र गाँजा ३ तीन प्याकेट, ‘ओल्ड फेसन ओएट्स’ लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट र ‘क्विक ओएट्स’ लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट गरी जम्मा लागूऔषध गाँजा १ किलो १४६ ग्राम बरामद भएको प्रहरीको भनाई छ ।

 

parsal-gaja-4-1704207285.jpg

parsal-gaja-2-(1)-1704207285.jpg

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २०:४०
Weather Update