News Griha :: न्यूजगृह
चार्जमा राखिएको एमजी ब्रान्डको विद्युतीय गाडीमा कसरी लाग्यो आगो?, के भन्छ आयात कम्पनी ?

काठमाडौं— एमजी ब्रान्डको विद्युतीय गाडीमा आगलागी भएको घटनामा उक्त गाडी आयात गर्ने कम्पनी प्यारामाउन्ट मोटर्सले स्पष्टीकरण दिएको छ ।

गत पुस ८ गते काठमाडौंको बुढानिलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको एमजी जेडएस ईभी गाडीमा आगलागी भएको थियो ।

कम्पनीले साँझ ६:०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १:१५ बजेको समयमा एक्कासि विद्युत्को तार सर्ट भई आगलागी भई पूर्ण रूपमा जलेको प्रारम्भिक रूपमा देखिएको बताएको हो ।

उक्त घटनाको सम्बन्धमा कम्पनीलाई जानकारी भएपश्चात् तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारीसमेतको टोली स्थलगत रूपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट भएको सर्जमिन मुचुल्का र प्रभागको पत्र ब्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत् प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ  गरी राखिएको कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २१:५२
Weather Update