News Griha :: न्यूजगृह
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस

काठमाडौं— सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १२:११
Weather Update