News Griha :: न्यूजगृह
सुतेकै अवस्थामा बेहोस भेटिएका प्रहरी हवल्दारको मृत्यु

विराटनगर— सङ्खुवासभामा एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

सुतेकै अवस्थामा बेहोस फेला परेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सङ्खुवासभा जिल्ला कारागारमा ड्युटीमा रहेका प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ छन् । 

प्रहरीका अनुसार इलाम घर भएका उनी आइतबार राति १० बजेदेखि बिहान २ बजेसम्म ड्युटीमा खटिएका थिए । ड्युटी सकेर उनी सुत्न गएका थिए । पोशाकमै सुतेको अवस्थामा उनी बेहोस फेला परेका थिए । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १३:३०
Weather Update