आज गुरुङ समुदायको तमु ल्होसार पर्व, देशभर सार्वजनिक बिदाआइतबार, पुस १५, २०८०

प्रधानमन्त्रीले बालकुमारी घटनाका पीडित परिवारलाई के भने ? शनिबार, पुस १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

निलम्बनमा परे ईपीएस कोरिया शाखा प्रमुख सुवेदी शनिबार, पुस १४, २०८० सरकारले ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

बालकुमारी घटनाबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्रीलाई शनिबार, पुस १४, २०८० प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाका सम्बन्धमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ ।

बालकुमारी घटनामा मारिएका २ युवकका परिवार प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा शनिबार, पुस १४, २०८० शुक्रबार ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् ।

जिल्लाको फैसला चित्त नबुझेको भन्दै उच्च अदालत जाने सन्दीपको तयारी शनिबार, पुस १४, २०८० सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले शुक्रबार जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो ।

जन्मोत्सवमा राजा वीरेन्द्रको सम्झना शनिबार, पुस १४, २०८० दिवंगत राजाको जावलाखेल चोकमा रहेको सालिकमा माल्यार्पण र दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा सहभागीले राजा भए देश आजको अवस्थामा नपुग्ने भन्दै नेताहरूले वीरेन्द्रको कदमलाई पछ्याउन सक्ने हो भने अझै पनि देश नबिग्रिएको बताए ।

कसको आदेशले चल्यो बालकुमारीमा गोली?, भीड नियन्त्रण गर्न कहाँ चुक्यो प्रशासन? शनिबार, पुस १४, २०८० शुक्रबार ललितपुरको बालकुमारीस्थित रोजगार अनुमति प्रणाली (ईपीएस)को कार्यालय ग्वार्को अगाडि भएको घटनाका कारण जिल्लाका सरकारी अधिकारीहरूको व्यापक जिम्मेवारी हेरफेर भएको छ । शुक्रबार दिउँसो बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाइएपछि घटेको घटनाका कारण दुई युवाले ज्यान गुमाएका थिए ।

यी हुन् बालकुमारी घटनाबारे मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णयहरू शनिबार, पुस १४, २०८० न्त्रिपरिषद् बैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई १०/१०लाख रुपैयाँ दिने र घाइतेहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।सो...

बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई सरकारले १०/१० लाख राहत दिने शनिबार, पुस १४, २०८० लितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ ।त्यस्तै उनीहरूले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो निर्णय शनिबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने उनले बताए ।
-1703941294.jpg)
ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकको जिम्मेवारी खोसियो, पीएसओ र डीएसपी निलम्बनमा शनिबार, पुस १४, २०८० बालकुमारीमा दुई जनाको ज्यान जानेगरी घटना भएपछि सरकारले ललितपुरमा कार्यरत अधिकारीको जिम्मेवारी व्यापक हेरफेर गरेको छ ।शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितको छलफलले भीड नियन्त्रण गर्न नसकेको भन्दै ललितपुरका सीडीओसहित प्रहरी अधिकारीको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय भएको हो ।

बालकुमारी घटना- 'वीरेन्द्रको गोली लागेर र सुजनको भागदौडमा मृत्यु' शुक्रबार, पुस १३, २०८० ललितपुरको बालकुमारीमा भएको घटनामा एक जनाको गोली लागेर र अर्काको भागदौडमा मृत्यु भएको दाबी प्रहरीले गरेको छ । ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीले जारी गरेको विज्ञप्तिमा दुवै...

के सन्दीप तत्काल जेल जानु पर्दैन ? शुक्रबार, पुस १३, २०८० क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहरिएसँगै उनी जेल जाने भएका छन् । तर, उनले जेलबाहिरै रहेर पुनरावेदन गर्न सक्नेछन् ।कानुन अनुसार १० वर्षभन्दा कम जेल सजाय भएको अवस्थामा जेलबाहिरै रहेर पुनरावेदन गर्न सकिन्छ । सन्दीपलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को १, २...









