बालकुमारी घटनामा मारिएका २ युवकका परिवार प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

काठमाडौं— शुक्रबार ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रदर्शनमा मारिएका दुई युवाका परिवार बालुवाटार पुगेका हुन् । अहिले प्रधानमन्त्रीले मृतकका परिवारसँग कुराकानी गरिरहेका बालुवाटार स्रोतले बतायो ।
आन्दोलनमा दैलेखका २३ वर्षीय सुजन राउत र अछामका २१ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । आजै सरकारले मृतकको परिवारलाई राहत स्वरुप जनही १०/१० लाख दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: शनिबार, पुस १४, २०८० १९:०२













