जन्मोत्सवमा राजा वीरेन्द्रको सम्झना

ललितपुर— स्वर्गीय राजा वीरेन्द्र शाहको ७९ औं जन्मोत्सव शनिबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
दिवंगत राजाको जावलाखेल चोकमा रहेको सालिकमा माल्यार्पण र दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा सहभागीले राजा भए देश आजको अवस्थामा नपुग्ने भन्दै नेताहरूले वीरेन्द्रको कदमलाई पछ्याउन सक्ने हो भने अझै पनि देश नबिग्रिएको बताए ।
राज वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा उनको मृत्यु भएको थियो ।
उक्त हत्याकाण्डमा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति समेतले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति: शनिबार, पुस १४, २०८० १८:४१













