News Griha :: न्यूजगृह
सिंहदरबार छिरेर अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ

काठमाडौं— सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि तीन जना युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन्  । प्रदर्शन उत्रिएका उनीहरुलाई लगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपा क्रान्तिकारी माओवादी निकट उनीहरु जाजरकोटका आकाश कार्की र पदम हमाल तथा कञ्चनपुरका दीपेन्द्र ऐरी हुन् । पक्राउ गरिएकालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि सिंहदरबार प्रहरी वृत्त पठाइएको डीएसपी सन्तोष तामाङले बताए । 

उनीहरुले शरिरमा स्टप मर्डर, सेभ नेसन, नो एमसीसी, नो एनसेल लेखेको पर्चा टाँसेका थिए । कपडा खोलेर उनीहरुले उक्त पर्चा देखाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सिंहदरबार छिर्नलाई गृहमन्त्रालयबाट पास मगाएको खुलेको छ । कसले पास उपलब्ध गरायो भन्ने खुल्न बाँकी छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १४:१६
Weather Update