बाँकेको बाल सुधारगृहमा दुई समूहबीच ग्याङफाइट, स्थिति तनावग्रस्त
काठमाडौं— बाँकेको बाल सुधारगृहमा तनाव भएको छ । बैजनाथ गाउँपालिका २ स्थित नौबस्तामा रहेको सुधार गृहमा दुई समूहबीचको विवादले उग्ररूप लिँदै गएपछि तनावको अवस्था सिर्जना भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार सुधारगृहमा रहेका दुई समूहबीच झडप भएको र सोही विवादले उग्ररूप लिँदै आज थप तनाव भएको सूचना भएको जानकारी दिए ।
उनका अनुसार ग्याङफाइटमा घाइते भएका ४ जनालाई उपचारपछि सुधारगृहमा फिर्ता ल्याइएसँगै तनावको अवस्था भएको हो । दुई समूहलाई छुट्टाछुट्टै ब्लकमा राखिएपनि एक समूहले ढुंगामुढा गरेका छन् । ढुङ्गामुढाबाट एक गाडीमा क्षति पुग्नुकै साथै सुधारगृहमा तनावको अवस्था रहेको हो ।
अहिले बैजनाथ गाउँपालिका २ स्थित नौबस्ता थप सुरक्षाकर्मीको टोली पठाइएको अवस्थालाई साम्य बनाउने कोसिस भइरहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० १७:२३













