गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं— गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटको सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
उनीविरूद्ध परेको रिटको पेसी शुक्रबार सर्वोच्चकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।
बिहीबार गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित चार जनाले रिट दायर गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइ शुक्रबार हुन लागेको हो ।
गभर्नर अधिकारी २०७६ चैत २४ गते नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० अनुसार सञ्चालकको योग्यता नभएको भन्दै रिट निवेदकले दाबी गरेको छ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० ११:४७













