मन्त्रीको गाडीमा आगो लगाइँदासमेत सुरक्षा संयन्त्र बेखबर

काठमाडौं— रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भइरहँदा सुरक्षा संयन्त्र बेखबर रहेको पाइएको छ ।
ललितपुरको बालकुमारीमा भेला भएका युवाले सडक अवरुद्ध गरेर तोडफोड गर्दा समेत प्रहरी र ट्राफिक प्रहरी कार्यालयको उपस्थिति नदेखिएको हो ।
संघीय मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका छन् । घटनापछि मात्रै जिल्ला प्रहरी परिसर, ललितपुरको टोली बालकुमारी पुगेको हो ।
अहिले ललितपुरमा प्रदर्शनकारीले सडक अवरुद्ध पारेका छन् ।
यो पनि पढ्नुहोस
बालकुमारीमा मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १३:३३













