News Griha :: न्यूजगृह
सुतेकै अवस्थामा नेपाली युवक कोरियामा मृत भेटिए

विराटनगर— रोजगारीका लागि दक्षिण कोरियामा रहेका झापाको बुद्धशान्ति गाउँपालिकाका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । 

बुसानस्थित एक कम्पनीमा कार्यरत बुद्धशान्ति कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको खबर आएको उनका आफन्तले जनाएका छन् ।

पाँच वर्षअघि कामदारको रुपमा उनी दक्षिण कोरिया पुगेका थिए । गत वर्ष उनी बिदामा केही समयका लागि घर आएर फर्किएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ११:५६
Weather Update