News Griha :: न्यूजगृह
बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

बाजुरा— बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका– ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घटमुनाबाट सियाढुङ्गा जाँदै गरेको से १ ज ९८९ नम्बरको जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए । उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका कर्मचारी मदन रोकाया घाइते छन् ।

जीप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०८:५९
Weather Update