News Griha :: न्यूजगृह
एक हजार दरको नक्कली नोटसहित काठमाडौंबाट महिला पक्राउ
प्रहरीले बरामद गरेको नक्कली नोट । फाइल तस्बिर ।

काठमाडौं— प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हनुमान चोकबाट २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हजार दरको नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो । 

नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १२:३८
Weather Update