News Griha :: न्यूजगृह
झापाको एक प्लाई उद्योगमा आगलागी, तीन लाख बराबरको क्षति

झापा— बिर्तामोड नगरपालिका–३ सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई उद्योगमा आगलागी भएको छ ।

अनुप अग्रवालले सञ्चालन गरेको सो प्लाई फ्याक्ट्री नजिकै साइडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ भेनियर राखेको ठाउँमा शुक्रबार बिहान ४ बजे अचानक आगलागी भएको बताइएको छ ।  

आगलागीबाट करिब तीन लाख बराबरको क्षति भएको झापा प्रहरीले जनाएको छ ।  बिहान सवा पाँच बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०९:३६
Weather Update