News Griha :: न्यूजगृह
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त, को कहाँ? 

काठमाडौं— माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । 
 ७ जना जिल्ला न्यायाधीशलाई पुस १६ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

नवनियुक्त निर्वाचन अधिकृतले पुस १६ मै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने उनको भनाइ छ । 
आयोगका अनुसार कोशीमा दुर्गाप्रसाद ढुंगेल, मधेसमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा ओमप्रसाद अर्याल निर्वाचन अधिकृत नियुक्त भएका छन् ।   

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:५७
Weather Update