News Griha :: न्यूजगृह
बाँकेको मध्यवर्ती क्षेत्रमा फेला पर्‍यो सकेट बम

बाँकेबाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ ।

मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ । 

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ । निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले  सकेट फेला पारेको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय पारेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:०७
Weather Update