News Griha :: न्यूजगृह
जबरजस्ती करणी मुद्दा : सन्दीपका कानुन व्यवसायीले आज बहस गर्ने, फैसला आजै आउन सक्ने  

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा बिहीबार पनि बहस जारी रहने छ । 

बुधबार वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट १० जनाले बहस गरेका थिए ।  बिहीबार सन्दीप पक्षका वकिलहरूले बहस गर्नेछन् । 

बिहीबार ३ बजेसम्म बहस सक्ने प्रतिवादीतर्फका एक कानुन व्यवसायीले बताए । त्यसपछि वादीका तर्फबाट जबाफी बहसमा लामो समय नलागेमा आज नै फैसला हुने अपेक्षा गरिएको छ ।

मुद्दामा प्रतिवादी सन्दीपका तर्फबाट हाईप्रोफाइल वकिलहरूले बहस गर्दैछन् । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरुदेखि यो मुद्दामा बहस गर्दै आएका थिए । यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्नेछन् । 

अन्य कानुन व्यवसायीमा कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरे, मुरारी सापकोटा र थप एक वकिल छन् । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०९:२५
Weather Update