श्रेष्ठलाई कार्यवाहक दिएर जसपा अध्यक्ष यादव उडे भारत शनिबार, भदौ ९, २०८०

के सरकार ढल्दै छ?, के भन्छन् गठबन्धन र प्रतिपक्षी दलका नेताहरू? शनिबार, भदौ ९, २०८० हल्ला चलेको लामो समय भइसक्यो तर आधिकारिकरूपमा कुनै पार्टी, नेताले दाबी भने गरेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेता तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गर्छन् ।

लेखा समिति सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने एमालेको तयारी शनिबार, भदौ ९, २०८० संसदीय समिति सभापति चयन प्रकृया आइतबारबाट सुरु हुँदैछ । समिति सभापतिको लागि प्रमुख दलहरूबीच भागबन्डा भइसकेको छ । जसअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन वटा समिति पाउनेछ । लेखा समितिमा उम्मेदवारी दिन लागेका पोखरेल मोरङ २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

ओलीले नियतबस हामीलाई प्रस्तुत हुन दिएनन् : माधव नेपाल शनिबार, भदौ ९, २०८० शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन काण्डको छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष केपी ओलीले सहभागी हुन नदिएको आरोप लगाए ।
गठबन्धन सरकारबाटै संविधानको उल्लंघन भयो : नेता खनाल शनिबार, भदौ ९, २०८० संविधानको रक्षा गर्न बनेको गठबन्धनबाटै संविधानको उल्लंघन भइरहेको बताएका खनालले त्यसमा सरकारमा सहभागी भएका आधारमा गलत कामको शिकार पार्टी बन्न नहुने बताए ।

प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्ताउने प्रयास गरिसक्नुभयो : नेता कोइराला शनिबार, भदौ ९, २०८० नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने काम गरेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा पत्रकारसँग बोल्दै उनले मुलुकमा धार्मिक खासियत लडाइरहेको परिस्थितिमा प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप लगाए ।

धरानको आन्दोलन टेलर मात्रै हो : राप्रपा प्रवक्ता शाही शनिबार, भदौ ९, २०८० राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारसँग उनले नेपालको सिमानभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट कानुन रहेको भन्दै अपराधीलाई सजाय नभए धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने चेतावनी दिए ।
सुशासनको राष्ट्रिय योजना बनाउन प्रधानमन्त्रीको नेतृत्वमा योजना बन्दै : उपप्रधानमन्त्री खड्का शनिबार, भदौ ९, २०८० काठमाडौंमा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न मन्त्रिपरिषद् कार्य योजना निमार्णको प्रक्रियामा लागेको जानकारी दिए ।

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो शनिबार, भदौ ९, २०८० एमालेले शनिबारदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

क्रान्तिकारी बनौँला भनेर हातमा खुकुरी लिएर हिँड्यौँ : माधव नेपाल शनिबार, भदौ ९, २०८० काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो विद्यार्थी कालमा क्रान्तिकारी बन्न खुकुरी लिएर कसैलाई काट्न बसेको स्मरण गरेका हुन् ।

बालेन साहलाई कांग्रेसमा ल्याउनु पर्छ : सहमहामन्त्री आङ्देम्बे शनिबार, भदौ ९, २०८० सहमहामन्त्री आङदेम्बेले महानगर सुन्दर बनाउने अभियानअन्र्तगत मेयर साहको नेतृत्वमा बिजुलीबजारको पुलमा राखिएको फूलको गमला र त्यसको सौन्दर्यको चर्चा धेरै भएको धारणा राख्दै बालेनको विकास मोडेल कांग्रेसले अपनाउनु पर्ने बताए ।

जातीय सद्भाव भड्काएर राजनीति गर्न लागेको रवि लामिछनेको आरोप शनिबार, भदौ ९, २०८० टोखा नगरपालिकामा शनिबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सामाजिक र जातिय सद्भाव कायम राख्न सबैलाई आग्रह गरे ।

संसदीय समिति सभापतिमा रास्वपाले उम्मेदवारी दिने शनिबार, भदौ ९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिमा सभापतिको उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार बसेको रास्वपाको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।