News Griha :: न्यूजगृह
ओलीले नियतबस हामीलाई प्रस्तुत हुन दिएनन् : माधव नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले ओलीले नियतबस आफ्नो पार्टीलाई सर्वदलीय बैठकमा सहभागी हुन रोक लगाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन काण्डको छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष केपी ओलीले सहभागी हुन नदिएको आरोप लगाए ।

‘ओलीले यो पार्टीको मतलब नै नराख्ने, हुँदाहुँदा हिजोअस्ती त संसदमा अरु सबै पार्टी हुन्छ, तर एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन्,’ उनले भने, ‘सुन काण्डको बारेमा भएको जुन छानविन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी, राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् ।’

उनले आफूलाई प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा प्रस्ताव गरेता पनि पार्टीलाई ल्याएर बाटौमै छाड्यो भन्ने आलोचना आउने डरले अस्वीकार गरेको जिकीर गरे ।

यसै क्रममा अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव झुटो भएको बताए ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:००
Weather Update