गठबन्धन सरकारबाटै संविधानको उल्लंघन भयो : नेता खनाल
काठमाडौं— नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारबाटै बारम्बार संविधानको उल्लंघन भएको बताउँदै पार्टीको स्पस्ट धारणा राख्नु पर्ने बताएका छन् ।
संविधानको रक्षा गर्न बनेको गठबन्धनबाटै संविधानको उल्लंघन भइरहेको बताएका खनालले त्यसमा सरकारमा सहभागी भएका आधारमा गलत कामको शिकार पार्टी बन्न नहुने बताए ।
‘हाम्रो पार्टीले कस्तो धारणा राख्ने यो सवालमा पार्टी क्लियर हुनुपर्छ, हामी गठबन्धनको नाममा उनीहरूले गरेका गलत कामको शिकार हुनुहुँदैन्’ खनालले भने ।
शनिबार नेकपा एसको दोस्रो पार्टी पुर्नगठन दिवस पारेर आयोजित कार्यक्रममा सम्मानित नेता खनालले देशको समसामयिक सामाजिक, आर्थिक र राजनीतिक अवस्थाबारे चिन्ता प्रकट गरे ।
यस्तै, उनले नेकपा एसका सबै कमिटीलाई तल्लो तहबाटै एकीकृत गरेर दृढतापूर्वक अगाडि बढाउनु पर्नेमा जोड दिए ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० १६:११