सरकार गम्भीर भएर भ्रष्टाचारको अनुसन्धानमा लागेको छ : शेखर कोइरालाबिहीबार, भदौ ७, २०८०

पूर्वप्रधानमन्त्रीहरू कानुनभन्दा माथि देखिए : स्वतन्त्र सांसद सिंह बिहीबार, भदौ ७, २०८० स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा संविधानले कानुनभन्दा माथि कसैलाई नराखेको भएता पनि व्यवहारमा त्यो नदेखिएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले ललिता निवासको प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको घरमै गएर बयान लिएको भन्दै उनले ठूलाबडाका लागि व्यवहारमा समान कानुन नदेखिएको बताएका हुन् ।

प्रचण्ड र माधवले जनतालाई जुधाएको केपी ओलीको आरोप बिहीबार, भदौ ७, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधव नेपालले जनता जुधाएर ताली बजाउन खोजेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रचण्ड र माधवले जनजातिको नाममा हिंसा भड्काउन भूमिका खेलेको टिप्पणी गरे ।

सर्वोच्चको आदेशपछि सांसद घिमिरेले भने : कुरा पाँच करोडको होइन, हामी एक जुट हुनुपर्छ बिहीबार, भदौ ७, २०८० बिहीबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घिमिरेले सांसद विकाश कोषबाट सांसदहरूलाई दिने पैसा हटाउन नपर्ने भन्दै विरोध जनाएका हुन् । सर्वोच्चले बुधबार निर्वाचन क्षेत्र विकासको बजेट तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सदनमा एमाले सांसदको माग : सरकार हरायो, खोजी गरी पाउँ ! बिहीबार, भदौ ७, २०८० प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदले सरकार हराएको भन्दै खोजी गर्न माग गरेका छन् । एमाले सांसद सूर्य थापाले संसद सञ्चालन हुँदै गर्दा उठेर विरोध जनाएका थिए । यसै क्रममा सभामुख देवराज घिमिरेले प्रश्न गरे, ‘मान्य सदस्य किन उठ्न भा’छ ?’

एमालेको बहिस्कारपछि प्रदेश सभा अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी बिहीबार, भदौ ७, २०८० प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार संविधानको धारा १८३ को (२) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बुधबार राति ८ बजे बसेको मन्त्रिपरिषद् बैठकपछि भएको सिफारिसका आधारमा चालु अधिवेशन अन्त्य भएको जनाइएको छ ।

कोशी सरकारविरुद्धको रिट पेसीमा बिहीबार, भदौ ७, २०८० सर्वोच्च अदालतमा पूर्वमुख्यमन्त्री कार्कीले बुधबार रिट दर्ता गरेका थिए । उनले दर्ता गरेको रिटमा बिहीबार पेसी तोकिएको हो । प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्चको आदेशविपरीत भन्दै कार्कीले परमादेशको माग गरी रिट दर्ता गरेका थिए ।

प्रधानमन्त्रीले संसदमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने बिहीबार, भदौ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने भएका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, केन्द्रीय सदस्यहरूले बोल्ने बिहीबार, भदौ ७, २०८० नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै छ । गत मंगलबारबाट सुरु भएको बैठकमा बिहीबार बाँकी केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्नेछन् । बैठक बिहान ८ बजे बस्नेछ ।

प्रतिनिधि सभाको बैठक बस्दै बिहीबार, भदौ ७, २०८० संघीय संसद् प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

कोशी प्रदेश सभा बैठक स्थगित बुधबार, भदौ ६, २०८० प्रतिपक्षी दलको विरोध र बहिष्कारका कारण कोशी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधबार बैठक सुरु हुनासाथ उठेर विरोध जनाउँदै प्रतिपक्षी दलका प्रदेश सभा सदस्यले नाराबाजी गरेका थिए ।

‘नवयुवराज’हरुमाथि अनुसन्धान हुनेमा रविको आशंका बुधबार, भदौ ६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक परिवर्तनका लागि बाबु पुस्ताले खेलेको भूमिकाको जगमा छोरा पुस्ताले अनियमितता गरिरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बाबु पुस्ताले गरेको आन्दोलनको आवरणमा नवयुवराजहरुले लुट मच्चाएको आरोप लगाए ।

कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेले दियो सर्वोच्चमा रिट बुधबार, भदौ ६, २०८० भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेश सभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उनको दाबी छ । उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएका कारण संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई...