केपी ओली पक्राउ पर्दैछन् : नेता चौधरीमंगलबार, भदौ ५, २०८०
जनताको बहुदलीय जनवादले संसद अवरोध गर्नु भन्छ ? : वामदेव गौतम मंगलबार, भदौ ५, २०८० राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बिना कारण संसद अवरुद्ध गर्न नहुने बताएका छन् । नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतमले एमालेप्रति लक्षित गर्दै जनताको संसद अवरुद्ध गर्न नपाइने बताएका हुन् । संसद सञ्चालन भइरहँदा बीचमा उठेर कसैले बोल्न नपाइने बताउँदै उनले साना कुरामा संसद अवरुद्ध गर्ने कस्तो संस्कार हो ? भन्दै प्रश्न...

‘सत्तापक्ष हुँदा संसदमाथि खड्ग प्रहार गर्ने, प्रतिपक्षमा हुँदा अवरोध गर्ने’ मंगलबार, भदौ ५, २०८० मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद बैठक नियतवश र सुनियोजित रुपमा गरिररहेको दाबी गरे । उनले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानुनहरू निर्माण गर्न नदिन अवरोध गरिएको बताए ।

समय अभाव भएपछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सर्यो मंगलबार, भदौ ५, २०८० समय अभाव भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्बाङले समय अभावले बैठक बस्न नसकेको जानकारी दिए...

संसद बैठक स्थगित, अर्को बैठक ६ गते बस्ने मंगलबार, भदौ ५, २०८० बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सारिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए । अर्को बैठक भदौ ६ गते बुधबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समितिको मस्यौदा तयार मंगलबार, भदौ ५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएको थियो । योसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, कसको जिम्मेवारी कहाँ ? मंगलबार, भदौ ५, २०८० पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई बागमती प्रदेश इञ्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इञ्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इञ्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोकेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

मेरो छाया देखेर एमाले डरायो : माधव नेपाल मंगलबार, भदौ ५, २०८० सत्तारुढ नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको छायामा नेकपा एमालेले डराएको बताएका छन् । मंगलबार ललितपुरस्थित बालकुमारीमा बसेको पार्टीको छैटौँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एसको छायामा एमाले डराएको बताएका हुन् ।

एमालेसँगको विद्रोह ठिक थियो : माधव नेपाल मंगलबार, भदौ ५, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका कारण ठूलो परिवर्तन आएको बताएका छन् । मंगलबार ललितपुरस्थित बालकुमारीमा सुरु भएको छैटौँ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले आफ्नो पार्टीको परिवर्तनबारे आफ्नो धारणा पेश गरेका हुन् ।

नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, भदौ ५, २०८० बैठकमा समसामयिक राजनीति, पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय संगठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने भएका छन् ।

राष्ट्रिय सभाको बैठक सारियो मंगलबार, भदौ ५, २०८० संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएको जनाएको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ ।

राष्ट्रपतिको शुभेच्छा सकारात्मक : प्रधानमन्त्री मंगलबार, भदौ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन् । संसद सुरु गर्न दलहरू करिब सहमतिको नजिक पुगेको जनाउँदै उनले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरे ।
![दलहरूलाई राष्ट्रपतिले भने : मैले 'एक्टिभिज्म' देखाउन खोजेको होइन [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/Ramchandra Poudel And All party Meeting1692677493.jpg)
दलहरूलाई राष्ट्रपतिले भने : मैले 'एक्टिभिज्म' देखाउन खोजेको होइन [पूर्णपाठ] मंगलबार, भदौ ५, २०८० मंगलबार बिहान शीतल निवासमा आमन्त्रण गरेका पौडेलले लिखित धारणा राख्दै संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको बताए ।