News Griha :: न्यूजगृह
दलहरूलाई राष्ट्रपतिले भने : मैले 'एक्टिभिज्म' देखाउन खोजेको होइन [पूर्णपाठ]

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले चिन्तित बनाएको बताउँदै आफूले ‘एक्टिभिज्म’ देखाउन नखोजेको बताएका छन् ।

मंगलबार बिहान शीतल निवासमा आमन्त्रण गरेका पौडेलले लिखित धारणा राख्दै संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको बताए ।

राष्ट्रपति पौडेल सक्रिय हुन खोजेको भन्दै विपक्षी एमालेले शीतल निवासमा आयोजना गरेको बैठक बहिस्कार गरेको प्रति लक्षित गर्दै उनले भने, ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन, म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ, त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो ।’

एमालेबाहेक दलहरू सहभागी सर्वदलीय बैठक शीतल निवासमा जारी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १०:३७
Weather Update