
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा र कार्यान्वयन गरी संसद सञ्चालन गर्न आफूसहित संसदमा रहेका प्रमुख दलहरू निरन्तर सक्रिय रहेको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन् । संसद सुरु गर्न दलहरू करिब सहमतिको नजिक पुगेको जनाउँदै उनले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरे ।
‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद सुरु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस भन्ने राष्ट्रपति ज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री दाहाललाई उद्धत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘यसमा कसैले विमति राख्नु पर्ने कारण छैन, हामी निरन्तर छलफलमा छौँ ।’
प्रतिपक्षी दल एमाले राष्ट्रपतिले बोलाएको बैठक बहिष्कार गरी उपस्थित भएको छैन ।













