News Griha :: न्यूजगृह
राष्ट्रिय सभाको बैठक सारियो
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय सभाको बैठक सरेको छ । मंगलबार दिउँसो १ बजेर १ मिनेट बस्ने गरी बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । 

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएको जनाएको छ ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । 

विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संघीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ११:३३
Weather Update