News Griha :: न्यूजगृह
नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु
फाइल तस्बिर

काठमाडौं— सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । मंगलबार केन्द्रीय कमिटीको छैटौँ पूर्ण बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष माधव नेपालले उद्घाटन मन्तव्य राख्दै राजनीति प्रतिवेदन पेश गर्ने छन् । बैठक ललितपुरस्थित बालकुमारी सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति, पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय संगठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने बताइएको छ । 

बैठकमा पार्टी अध्यक्ष नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने भएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:११
Weather Update