सुन तस्करीको छानबिन गर्न असोजमा जाँचबुझ आयोगबुधबार, भदौ ६, २०८०

संसद् सञ्चालन गर्न दलहरूबीच दुईबुँदे सहमति, हस्ताक्षर हुँदै बुधबार, भदौ ६, २०८० संसद्को गतिरोध अन्त्यका लागि दलहरूबीच दुईबुँदे सहमति भएको छ । सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरू उपस्थित थिए ।

कोशीका मुख्यमन्त्रीविरुद्ध एमाले फेरि सर्वोच्चमा बुधबार, भदौ ६, २०८० संविधान विपरीत प्रक्रिया अपनाउँदै प्रदेश सभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको हो । एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले असंवैधानिक प्रक्रियाविरुद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताए ।

राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूबीचको छलफल सुरु बुधबार, भदौ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत बुधबार, भदौ ६, २०८० बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाँदैछन् । मन्त्रिपरिषद्को बैठकले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय समेत गरेको छ ।

एकीकृत समाजवादीको बैठक सुरु बुधबार, भदौ ६, २०८० पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन पेस गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्थालगायत बारे चर्चा गरेका थिए ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्दै बुधबार, भदौ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मंगलबार बोलाएको सर्वदलीय बैठक नेताहरूको समय अभाव भएको भन्दै बुधबारका लागि सारिएको हो ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै बुधबार, भदौ ६, २०८० नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार बिहान ८ बजे बस्दै छ ।

माधवको राजनीतिक प्रतिवेदनमा झलनाथको फरक मत, बैठक स्थगित मंगलबार, भदौ ५, २०८० नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।

कांग्रेस नेता प्रदीप पौडेललाई प्रधानमन्त्री दाहालको नियतमाथि शंका मंगलबार, भदौ ५, २०८० नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नियतमाथि शंका गरेका छन् ।

कार्टुनका नाममा प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै पूर्वमन्त्रीको आपत्ति मंगलबार, भदौ ५, २०८० नेकपा एमालेका सांसद विमला राई पौडेलले प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै आपत्ति जनाएकी छन् । मङ्गलबारको राष्ट्रिय सभा बैठकमा उनले सञ्चारमाध्यमले कार्टुन बनाएर पूर्व प्रधानमन्त्री माथि भद्दा मजाक गरेको भन्दै स्वतन्त्रताका नाममा अराजकता मच्चिएको बताइन् ।
कांग्रेस सभापति देउवाले गरे अनुशासन समितिमा सदस्यहरू मनोनीत मंगलबार, भदौ ५, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’ मा सदस्यहरू मनोनीत गरेका छन् ।

कांग्रेस नेता विश्वकर्माले भने— रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमीत मंगलबार, भदौ ५, २०८० नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमीत रहेको दाबी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।