एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं— नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार बिहान ८ बजे बस्दै छ ।
मंगलबारदेखि बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा सुरु भएको छैटौँ बैठकमा बुधबार अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । पार्टी मातहतका कमिटी तथा जनवर्गीय संगठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने छ ।
त्यसैगरी पार्टीका महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा महाधिवेशनको मिति र स्थान घोषणा गरिने छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० ०६:१५













